आज डीपी अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा हुने

Thankot Times

थानकोट ।

सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने तालिका छ ।

आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध भइसकेका छन् ।

अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।

आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *