ओली र लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न सर्वोच्चको परमादेश
थानकोट ।
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई २६ चैतमा हिरासतमुक्त गर्न परमादेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंबाट थपिएको पाँच दिनको म्याद समाप्त भएपछि २६ चैतमा हिरासतमुक्त गर्न परमादेश दिइएको हो ।
सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट खारेज गरेको छ ।
तर परमादेश जारी गर्दै अब म्याद नथप्न भनेको हो ।
उनीहरूलाई २३–२४ भदौको जेन-जी आन्दोलनमा दमन गरेको आरोपमा १४ चैतमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।














