बागमती प्रदेश सभा बैठक आज बस्दै

Thankot Times

थानकोट ।

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन आज (चैत २४) बस्दै छ ।

हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा दिउँसो ४ बजे सभाको बैठक बस्न लागेको हो ।

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभा बैठक बोलाएका हुन् ।

प्रदेश सभा बैठक गत भदौ १७ र १८ गते बसेर मंसिर ६ गते अन्त्य भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *