पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच युद्धविराम

Thankot Times

थानकोट ।

इरान र अमेरिकाबीच दुई साताका लागि युद्धविराम भएको छ ।

मेहर न्युज एजेन्सीका अनुसार इरानको सर्वोच्च सुरक्षा परिषदले अमेरिकासँग दुई साताको युद्धविराम भएको पुष्टि गरेको छ ।

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिका युद्धविरामको निष्कर्षमा पुगेका हुन् ।

विज्ञप्तिमा इरानका सर्वोच्च नेता मोजतबा खामेनेईको अनुमतिपछि युद्धविराम भएको हो । यसलाई इरानले आफ्नो जितका रूपमा व्याख्या गरेको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सभ्यता नै फेरि कहिल्यै नफर्किने गरी समाप्त पारिदिने धम्की दिएका थिए ।

युद्धविराको सहमतिसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि २ साताका लागि हमला रोकेको घोषणा गरेका छन् ।

उनले ट्रुथ सोसलमा लेख्दै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र सेना प्रमुख आसिम मुनिरको अपिलपछि इरानमाथि हमलाको निर्णय रोकेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *