राष्ट्रिय सभाका चार समितिका सभापतिले लिए शपथ

Thankot Times

थानकोट ।

राष्ट्रिय सभाका चार विषयगत समितिका सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संघीय संसद सचिवालयमा आज (बुधबार) आयोजित एक कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई शपथ गराएका हुन् ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मालिमा तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *