मंगलबजारमा क्षणभरकै आवेगले दाजुभाइको विभत्स हत्या, आरोपी दुवै जना पक्राउ

Thankot Times

थानकोट ।

ललितपुरको पाटनस्थित कृष्णमन्दिरअगाडि चक्कु प्रहार गरी दाजुभाइको हत्या भएको छ ।

गए राति झापाका २६ वर्षीय सिर्जन नेम्वाङ र ३३ वर्षीय सुमित नेम्वाङको चक्कु प्रहार गरी हत्या भएको हो ।

आक्रमणमा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएको थियो । तर उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले घटनाका मुख्य आरोपीलाई पक्राउ गरिसकेको छ ।

नेम्बाङ दाजुभाइको फोन आरोपितको नम्बरमा जाँदा सोही विषयमा विवाद भएको खुलेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *