वाडभञ्ज्याङमा एक पुरुषको शव फेला, अनुसन्धान जारी

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-२ वाडभञ्ज्याङमा एक पुरुषको शव फेला परेको छ ।

प्रहरीका अनुसार वडा कार्यालय नजिकै देउराली चण्डिका देवी मन्दिर क्षेत्रको जंगलमा पुरुष मानिसको कंकाल भेटिएको हो।

हालसम्म सो शवको पहिचान हुन नसकेको बताइएको छ ।

घटनास्थलमा प्रहरी प्रभाग नागढुङ्गाबाट प्रहरी टोली पुगि थप अनुसन्धान गरिरहेको छ ।

सो कंकाल अहिले परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको नागढुङ्गा प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक अजयजंग थापाले जानकारी दिए ।

काफल खान गएका स्थानीयले जंगलमा मानव कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *