प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन

Thankot Times

थानकोट ।

प्रसिद्ध भारतीय पार्श्वगायिका आशा भोसलेको निधन भएको छ ।

मुम्बईस्थित एक अस्पतालमा उपचारका क्रममा उनको ९२ वर्षको उमेरमा निधन भएको भारतीय सञ्चारमाध्मयहरूले उल्लेख गरेका छन् ।

उनी हृदयाघात (कार्डियाक अरेस्ट) भएपछि शनिबार अस्पताल भर्ना भएकी थिइन् ।

आशा भोसले भारतीय संगीत जगतकी एक अद्वितीय स्वरकी धनी थिइन् । उनको संगीत यात्रा बाल्यकालदेखि नै सुरु भएको थियो ।

उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय संगीतका ज्ञाता थिए ।

परिवारमा संगीतको वातावरण भएकै कारण उनी र उनकी दिदी लता मंगेशकर दुवै सानैदेखि गायनमा लागेका थिए ।

यद्यपि, लताजस्तो महान गायिकाको छायाबाट बाहिर निस्केर आफ्नै पहिचान बनाउन आशालाई लामो संघर्ष गर्नुपरेको थियो । उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *