आशा भोसलेको आज राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदै
थानकोट ।
सु-प्रसिद्ध गायिका आशा भोसलेको आज सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।
मुम्बईको शिवाजी पार्कमा पूर्ण राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गरिने तयारी भएको बताइएको छ।
हिजो आइतबार ९२ वर्षको उमेरमा उनको निधन भएको थियो ।
आशा भोसलेका छोरा आनन्द भोसलेले भने, “अप्रिल १२ मा बिहान साढे १० बजेदेखि दिउँसो २ बजेसम्म ‘कसा ग्रान्डे’ भवनमा आएर आमा (आशा भोसले)लाई अन्तिम श्रद्धाञ्जली दिन सक्नेछन् ।”
आनन्दका अनुसार अन्तिम संस्कार दिउँसो ४ बजे गरिनेछ ।
“ठूलो जमघट हुने सम्भावना भएकोले त्यहाँ भीडभाड नगर्न म मानिसहरूलाई अनुरोध गर्दछु,” उनले भनेका छन् ।
आशा भोसलेलाई शनिबार साँझ हृदयघात भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।













