‘प्रधानमन्त्री र मन्त्रीहरूको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’-गोकुल बास्कोटा
थानकोट ।
नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरणले देश लंका बनिसकेको भन्दै कटाक्ष गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणलाई लिएर यस्तो कटाक्ष गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘संवृद्धि आएछ । सुशासन त्यहीबाट आरम्भ भई हाल्छ। म झनै खुसी किन कि जहाँ कङ्गाल त्यही चण्डाल भन्थे,त्यो दूर भएछ, झिक्कै झिक्कै माया तम्लाई ।’
उनले डाँडाभरि लाली गुराँस फुलेजस्तै मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेको बताएका छन् ।













