नयाँ वर्षमा प्रधानमन्त्री बालेन्द्र शाहको कामना- सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्
थानकोट ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नागरिकमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याणसँगै दु:ख हरण, निर्विघ्नता र शुभ रहोस् भन्ने कामना गरेका हुन् ।
प्रसिद्ध संस्कृत श्लोक स्मरण गर्दै उनले लेखेका छन्, ‘सर्वे भवन्तु सुखिन: सर्वे सन्तु निरामया: । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दु:खभाग् भवेत् ॥’
उनले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।










