सुनको भाउ तोलाको ३ लाख रुपैयाँ नाघ्यो

Thankot Times

थानकोट ।

आज बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलाको भाउ तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो ।

आजका लागि सुन तोलाको तीन लाख दुई हजार ७ सय रुपैयाँ तोकिएको छ ।

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रति तोला दुई लाख ९९ हजार ८ सय रुपैयाँ थियो ।

बुधबार चाँदीको मूल्य प्रति तोलामा १ सय ५५ रुपैयाँले बढेर पाँच हजार २ सय २० कायम भएको छ ।

अघिल्लो कारोबार दिन प्रतितोला पाँच हजार ६५ रुपैयाँमा किनबेच भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *