नयाँ वर्षको पहिलो दिन चन्द्र ढकालले शिलान्यास गरे नयाँ केबलकार परियोजना

Thankot Times

थानकोट ।

सुदूरपश्चिमको कैलालीस्थित चिसापानीमा जाल्पादेवी केबलकार आयोजनाको काम सुरु गरिएको छ ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रकाश ढकालले हिजो (वैशाख १) उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।

केबलकार चिसापानीदेखी पर्यटकीय क्षेत्र राजकाँडासम्म पुर्‍याउने लक्ष्य रहेको छ ।

उक्त आयोजनामा केबलकारको १४ वटा टावर हुने छ । त्यसमध्ये १३ नम्बरको टावर शिलान्यास गरिएको हो ।

यो आयोजना केवल पूर्वाधार विकासमा सीमित नभई क्षेत्रीय पर्यटन प्रवर्द्धन,रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणका लागि महत्त्वपूर्ण रहेको आईएमई ग्रुपको विश्वास छ ।

लम्कीचुहा-१० का वडाध्यक्ष लवबहादुर शाहले पनि समान विश्वास व्यक्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *