काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा
थानकोट ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तिवारीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८ सय ७१ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले उनीविरुद्ध बिगोबमोजिम जरिवाना र स्रोत नखुलेको सम्पत्तिबाट बढे/बढाइएको सम्पत्ति जफत तथा कैद सजाय मागदाबी गरेको छ । अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि निजकी पत्नी मीनादेवी तिवारी र छोरी मीरा तिवारीलाई पनि प्रतिवादी बनाएको छ ।
आरोपी तिवारी सरकारी सेवाबाट अवकाश पाई काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त बनेका थिए ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार तिवारी र उनकी पत्नीको पारिश्रमिक र अन्य आय तथा जग्गा बिक्री आयमार्फत १४ करोड ५१ लाख ९१ हजार ३ सय ५६ रुपैयाँ वैधानिक रूपमा कमाएको देखिएको छ । तर उनीहरूको बैंक खाता, घरजग्गा र अन्य सम्पत्ति जाँचबुझ गर्दा २५ करोड ६ लाख ८७ हजार २ सय २७ रुपैयाँबराबरको देखिएको पनि अख्तियारले जनाएको छ ।
सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरूपयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती तथा छोरीको नाममा समेत रहेको देखिएको पनि अख्तियारले जनाए












