‘संविधान संशाेधन कार्यदल’को बैठक बस्दै, दलहरूले दिँदै छन् लिखित धारणा

Thankot Times

थानकोट ।

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको दोस्रो बैठक आज बस्दै छ ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वको कार्यदलको दोस्रो बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा राजनीतिक दलका लिखित धारणा संकलन हुनेछन् ।

त्यसका आधारमा पहिचान भएका संविधान संशोधनका मुद्दाहरू र कार्यदलको आगामी कामकारबाहीका प्रस्तावित कार्ययोजनाबारे  छलफल हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *