मन्त्रिपरिषद्को बैठक आज बस्दै
थानकोट ।
मन्त्रिपरिषद् बैठक आज बस्दैछ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
बैठकमा मन्त्रालयहरूको नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुने जनाइएको छ ।










