सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भएका मुख्य तीन निर्णय सार्वजनिक

Thankot Times

थानकोट ।

सरकारले भन्सार नियमावली, २०८३ स्वीकृत गरेको छ ।

सोमबार (वैशाख १४) सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकबाट नियमावली स्वीकृत गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकबाट सशस्त्र प्रहरी महानिरीक्षक पदमा नारायणदत्त पौडेललाई नियुक्ति गर्ने निर्णय समेत गरिएको छ ।

यस्तै, सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्न सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरिएको छ ।

त्यससम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको मन्त्री पोखरेलले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *