२ वटा अध्यादेश जारी गर्न सरकारद्वारा राष्ट्रपतिसमक्ष सिफारिस

Thankot Times

थानकोट ।

सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

हिजो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद्सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिश गरेको हो ।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सिफारिसअनुसार राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए ।

तर सरकारले फेरि वैशाख १० गते अधिवेशन स्थगित गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।

सरकारको सिफारिसअनुसार राष्ट्रपतिले अधिवेशन स्थगित गरेका थिए

सरकारले संवैधानिक परिषद् मा नियुक्ति गर्न अध्यादेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेको हो ।

संवैधानिक नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद् मा प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, प्रधानन्यायधीश, विपक्षी दलका नेता गरी ६ जना सदस्य हुने व्यवस्था छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *