खाना पकाउने ग्यासको भाउ बढ्यो, पेट्रोल र डिजेलको भाउ घट्यो
थानकोट ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ।
पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ।
हवाइ इन्धनको मूल्य भने बढाइएको छ।
निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो।
अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर १५० रुपैयाँले बढाएको छ।











