ढुङ्गाअड्डामा मोटरसाइकल दुर्घटना, ३० वर्षीय चालकको ज्यान गयो

Thankot Times

थानकोट ।

ढुङ्गाअड्डामा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार चन्द्रागिरि नगरपालिका-१५ ढुङ्गाअड्डास्थित सडकमा बा प्र ०२–०३६ प ०९६६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कीर्तिपुर नगरपालिका–४ सल्यानथान बस्ने ३० वर्षीय विशाल धामीको मृत्यु भएको हो ।

यस बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *