आज दुई संसदीय समितिको बैठक बस्दै

Thankot Times

थानकोट ।

आज प्रतिनिधि सभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा समितिको परिचय र कार्य विवरण सम्बन्धमा अभिमुखीकरणको कार्यसूची रहेको छ ।

त्यस्तै बिहान ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट भए गरेका कामकारबाही र आगामी कार्य योजना सम्बन्धमा छलफलको कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।an


Leave a Reply

Your email address will not be published. Required fields are marked *