शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा भएका विभिन्न ४ निर्णय सार्वजनिक

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गते सोमबार संघीय सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

शुक्रबार (वैशाख २५) बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै शिक्षामन्त्री सस्मित पोखरेलले उक्त दिन सम्बोधनका लागि राष्ट्रपति पौडेललाई आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्री पोखरेलका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले चारवटा निर्णय गरेको छ ।

यी हुन् आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू :

१. सम्माननीय राष्ट्रपतिज्यू समक्ष संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई संवत् २०८३ साल वैशाख २८ गते सोमबारका दिन १६:०० बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननीय सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने ।

२. (परराष्ट्र मन्त्रालय) – विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने।

३. (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) – अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ (P029 Protocol of 2014 to the Forced Labour Convention, 1930) अनुमोदनका लागि संघीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने ।

४. (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय) – संलग्न अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ नं. ८१ (C081 – Labour Inspection Convention, 1947) अनुमोदनका लागि संघीय संसद समक्ष पेस गर्न स्वीकृति प्रदान गर्ने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *