रास्वपाले राम्रो काम नगरे श्रम संस्कृतिले देश जिम्मा लिन्छ : सुदन किराँती

Thankot Times

थानकोट ।

सुदन किराँतीले जनाताको आदेश मानेर एकता गरेको बताएका छन् । शुक्रबार श्रम संस्कृति पार्टी प्रवेश गरेका किराँतीले अब जनताले आफूहरूलाई साथ दिने विश्वास गरे ।

पुर्खाले इतिहासमा गरेको त्रुटि सच्याएर अघि बढ्ने भनाइ उनको छ । “त्रुटि सच्याउँछौँ । जताबाट बुझ्नुस् । इतिहासमा गल्ती भएको छ,” उनले भने, “बाटो लामो छ । अफ्ठ्यारो छ । हाम्रो अघि नेपाली जनताको भाग्य र भविष्य छ ।”

अहिलेको सत्ताधारी रास्वपालाई देश बनाऊ भनेर जनादेश दिएको उनले बताए । रास्वापाले विगतमा भएका गल्तीबाट सिकेर राम्रो काम गर्नुपर्ने धारणा राखे ।

“तपाईंहरू चोर दैलो नचिहाउनुस् । विधिमा लान्छौँ भनेर प्रश्न उठाउनुभएको छ । इतिहासबाट सिक्नुस् । राम्रै गर्नुस्,” उनले भने ।

नराम्रो काम गरे देश जिम्मा लिन श्रम संस्कृति पार्टी आएको किराँतीको भनाइ छ । “नराम्रो काम गर्नुभयो भने श्रम संस्कृति पार्टी आयो । यो देश जिम्मा लिन हामी काँध थाप्न तयार छौँ,” उनले भने, “राम्रो काम गर्नसक्नुभएन भने देश जिम्मा लिन्छौँ । तपाईंहरू ढुक्कले बस्नुस् ।”

सत्ताधारी भएपछि रास्वपाको पनि बोली र व्यवहार नमिलेको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *