रास्वपाद्वारा सांसदका लागि दुई दिने प्रशिक्षण कार्यक्रम तय, नेतृत्व तहका नेताहरूको जिम्मेवारी तोकियो

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना संघीय सांसदहरूका लागि संसदीय अभ्यास तथा नेतृत्व विकाससम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार उक्त कार्यक्रम वैशाख २६ र २७ गते सञ्चालन हुनेछ ।

प्रशिक्षण स्टाफ कलेज, जाउलाखेलमा आयोजना हुने तयारी गरिएको छ ।

कार्यक्रमको उद्घाटन उपसभापति स्वर्णिम वाग्लेले गर्नेछन् भने समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने तय भएको छ ।

पार्टी संरचनाभित्रका वरिष्ठ नेताको रूपमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहलाई भने यसपटकको प्रशिक्षण कार्यक्रममा कुनै औपचारिक जिम्मेवारी दिइएको छैन् ।

उनी यसअघि पनि पार्टीले आयोजना गरेको यस्तै प्रकारका प्रशिक्षण गतिविधिमा सहभागी नभएको जनाइएको छ ।

रास्वपाले सांसदहरूको क्षमता विकास र संसदीय अभ्यासलाई थप सुदृढ बनाउन यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने नीति लिएको जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *