नेपाल महिला संघको अध्यक्षमा मीना खरेल मनोनिन
थानकोट ।
नेपाली काँग्रेस निकट नेपाल महिला संघको नेतृत्वमा मीना खरेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।
पार्टी सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा मनोनयन गरेका हुन् ।
खरेलले पछिल्लो प्रतिनिधि सभा निर्वाचनमा चितवन-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग प्रतिस्पर्धा गरेकी थिइन् ।
सामाजिक क्षेत्रमा, विशेष गरी असहाय महिला तथा बालबालिकासँग सम्बन्धित कार्यक्रमहरूमा सक्रिय रहँदै आएकी खरेललाई संगठनको महाधिवेशन तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने कार्यादेश पनि दिइएको छ ।
२०७३ सालदेखि नेपाल महिला संघमा नियमित निर्वाचन तथा महाधिवेशन हुन सकेको छैन ।
यसअघि नेतृत्वमा रहेकी उषा मिश्रको कार्यसमितिले पनि महाधिवेशन सम्पन्न गर्न नसकेको बताइएको छ ।










