राप्रपाले बाेलायाे केन्द्रीय कार्यसम्पादन समितिको बैठक, के-के छन् एजेन्डा ?
थानकोट ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बाेलाएकाे छ ।
राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्नेछ ।
बैठक १ जेठ शुक्रबार बिहान ११ बजेका लागि बाेलाइएकाे प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
बैठकमा निर्वाचनपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, सातवटै प्रदेशको समीक्षा बैठकबाट प्राप्त सुझाव, केन्द्रीय कार्यसमिति बैठकको मिति तय गर्ने लगायत विषयमा छलफल हुने राप्रपाले जनाएकाे छ ।
यस्तै, पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषय र समसामयिक परिस्थितिका विविध विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख श्रेष्ठले जानकारी दिए ।










