आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

Thankot Times

थानकोट ।

सरकारले आज नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै छ । अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त  बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

त्यसअघि दिउँसो २ बजे राष्ट्रिय सभा र प्रतिनिधि सभाका छुट्टाछुट्टै बैठक बस्नेछ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २८ (आज) राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको थियो ।

विगतमा पहिले प्रि–बजेट छलफलपछि नीति तथा कार्यक्रम ल्याइन्थ्यो । अघिल्लो वर्ष नीति तथा कार्यक्रम ल्याएपछि मात्रै प्रि–बजेट छलफल भएको थियो ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि नीति तथा कार्यक्रम र प्रि–बजेट छलफल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *