रास्वपाको वडा र पालिका तहको अधिवेशन दुई चरणमा, २३ र २४ जेठमा जिल्ला अधिवेशन

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिका तहको अधिवेशन दुई चरणमा गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय वनस्थलीमा आइतबार बसेको बैठकले वडा, पालिका र जिल्ला तहसम्मका भेला तथा अधिवेशनको तालिका स्वीकृत गरेको हाे ।

बैठककाे निर्णय अनुसार २ जेठमा समिति गठन नभएका वडाहरूमा वडा भेला हुनेछ ।

यस्तै, ३ र १६ जेठमा दुई चरणमा हुने गरी वडा अधिवेशनको मिति तय गरिएकाे रास्वपाले जनाएकाे छ ।

पालिका अधिवेशन १० र १७ जेठमा गर्ने गरी मिति तय गरिएको छ ।

समिति गठन नभएका पालिकाहरूमा ९ जेठमा पालिका भेला तथा २५ वैशाख अगावै समिति गठन भएका पालिकाहरूमा १० जेठमा पालिका अधिवेशन गर्ने निर्णय गरिएको छ ।

१० जेठ अगाडि समिति गठन भएका बाँकी पालिकाहरूमा १७ जेठमा पालिका अधिवेशन गर्ने कार्यतालिका पनि तय गरेको छ।

यस्तै, सचिवालय बैठकले २३ र २४ जेठमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *