प्रतिनिधि सभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफल गरिने

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो एक बजे सुरु हुनेछ ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ ।

छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरुले धारणा राख्नेछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए ।

चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/०८४ को बजेटसमेत प्रस्तुत हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *