नागढुङ्गाबाट एक जना महिला पक्राउ

Thankot Times

थानकोट ।

लागूऔषध ब्राउनसुगर सहित एक महिला पक्राउ परेकी छन् ।

बुधबार बिहान चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट २ सय ६ ग्राम ब्राउनसुगरसहित झापा बिर्तामोड नगरपालिका-४ बस्ने ३४ वर्षीया गंगा राईलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले विराटनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र.०१–-०६ ख ९८५१ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पक्राउ परेकी राईमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *