नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति पुनर्गठन

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसले पार्टीको केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।

पार्टी सभापति गगनकुमार थापाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा (७) बमोजिम गठित केन्द्रीय अनुशासन समिति बुधबार (बैशाख ३० गते) पुनर्गठन गरेका हुन् ।

पुनर्गठन गरिएको समितिको संयोजकमा केन्द्रीय सदस्य तारामान गुरुङ र सदस्यमा केन्द्रीय सदस्यहरू धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *