मधेस प्रदेश सरकारमा एमालेको इन्ट्री, जसपाका मन्त्री बर्खास्त

Thankot Times

थानकोट ।

मधेस प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएको छ ।

बिहीबार राति नेकपा एमालेबाट मोहमद समिरले विना विभागीय मन्त्रीको शपथ लिएका हुन् ।

उनले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । एमाले मधेस सरकार सहभागी भएसँगै यहाँ नयाँ सत्ता समीकरण बनेको छ ।

नेपाली कांग्रेसको नेतृत्वमा नेकपा एमाले र नेकपा गठबन्धनको सरकार बनेको छ।

वर्तमान मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सरकारलाई जसपा र नेकपाले पनि समर्थन गरेका थिए । गएको वैशाख २३ गते जनमत पार्टी सरकारबाट समर्थन फिर्ता लिएका थियो ।

मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो १ बजे मधेस प्रदेश सभामा विश्वासको मत लिने तयारी छ ।

मुख्यमन्त्री यादवले जसपाका तीन मुख्यमन्त्रीलाई बर्खास्त गरेका छन् ।

उनले शिक्षा तथा संस्कृति मन्त्री, श्रम तथा यातायात मन्त्री र भौतिक पूर्वाधार विकास मन्त्रीलाई बर्खास्त गरेका हुन् ।

यसअघि जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ