काभा महिला भलिबल : नेपाल भारतसँग ३-२ को सेटमा पराजित

Thankot Times

थानकोट ।

शुक्रबारदेखि घरेलु मैदानमा शुरू भएको काभा महिला भलिबल च्याम्पियनशिपमा नेपाल भारतसँग पराजित भएको छ ।

त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भएको हो । भारतले दाेस्राे सेट २५–२०, तेस्राे सेट २५–१९ र पाँचाैँ सेट १५–९ ले जित्याे । नेपालले पहिलाे सेट २५-२१ र चौथो २५-२१ ले जित्याे ।

आजै भएको पहिलो खेलमा इरानले बङ्गलादेशलाई ३–० को सोझो सेटमा हराएको छ । यस्तै अहिले किर्गिस्तान र माल्दिभ्स खेलिरहेका छन् । नेपालले आफ्नाे दाेस्राे खेलमा भालि किर्गिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, किर्गिस्तान र मालदिभ्स छन् । समूह ‘बी’ मा इरान, काजकिस्तान, श्रीलङ्का र बङ्गलादेश रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ