फेसबुकमा प्रधानमन्त्री बालेनको स्टाटस- ढुक्क हुनुस् !
थानकोट ।
प्रधानमन्त्री बालेन शाहले नेपाली जनतालाई ढुक्क हुन आग्रह गर्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गरेको राति बालेनले फेसबुकमा लेखेका छन्, ‘ढुक्क हुनुस् !’
गणतन्त्र दिवसका अवसरमा शुक्रबार बिहान सैनिक मञ्चको कार्यक्रममा सहभागी भएका बालेन दिउँसो संसदमा बजेट भाषणका क्रममा सहभागी भएका थिए ।
उनले के विषयमा ढुक्क हुनुस् भनेर नेपाली जनतालाई भनेको बारे भने स्पष्ट खुलाइएको छैन् ।












