पूर्व गृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई बुझायो

Thankot Times

थानकोट ।

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।

छानबिन समितिका संयोजक अच्युतमप्रसाद भण्डारीले प्रतिवेदन आज प्रधानमन्त्री वालेन्द्र शाह समक्ष बुझाएका हुन् ।

गएको वैशाख २८ मा पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहेको समिति गठन भएको थियो ।

छानबिन समितिले गुरुङसँग बयान लिएर प्रतिवेदन तयार पारेको हो ।

व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको शेयर किनेको विषयमा समितिले छानबिन गरेको हो ।

भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख ९ मा गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *