विपद् व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान

Thankot Times

थानकोट ।

सरकारले राष्ट्रिय विपद् जोखमि न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान गरेको छ।

शुक्रबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त दिन आह्वान गरेको हो। सूचनामा असार १ गतेसम्म दरखास्त दिने मिति तोकिएको छ।

प्राधिकरणको कार्यकारी प्रमुखका लागि दरखास्त शुल्क पाँच हजार तोकिएको छ। गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखा वा इमलेमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *