सुनको मूल्य घट्यो
थानकोट ।
नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ८ हजार २ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन ३ लाख ९ हजार रुपैयाँ रहेको सुनको भाउ आज ३ लाख ८ सय रुपैयाँमा झरेको छ । गत आइतबार ३ लाख ११ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको भाउ आज तोलामा ३३५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा ५ हजार २३० रुपैयाँ रहेको चाँदी आज ४ हजार ८९५ रुपैयाँमा झरेको छ । गत आइतबार चाँदीको भाउ प्रतितोला ५ हजार ३४५ रुपैयाँ थियो ।












