नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

बजारमा सुनको भाउ तोलामा चार हजार ६ सय र चाँदी तोलामा ९० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल एक तोला सुनको मूल्य तीन लाख एक हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो एक तोला सुन तीन लाख छ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य चार हजार ६ सय ६० रुपैयाँ कायम भएको छ ।

हिजो बुधबार एक तोला चाँदीको भाउ चार हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *