खानेपानी वितरणसहित २५ प्रकारका अत्यावश्यक सेवामा हड्ताल निषेध गर्न नपाइने

Thankot Times

थानकोट ।

सरकारले २५ प्रकारका अत्यावश्यक सेवामा हड्ताल निषेध गरेको छ।

सरकारले अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ (१) अनुसार प्राप्त अधिकार प्रयोग गर्दै सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यो व्यवस्था लागू गरेको हो।

निर्णयअनुसार सार्वजनिक सेवा सञ्चालनका लागि महत्त्वपूर्ण मानिएका क्षेत्रहरूमा कुनै पनि प्रकारको हड्ताल गर्न निषेध गरिएको छ।

निषेधित क्षेत्रहरूमा विमान तथा विमानस्थल सञ्चालन र मर्मतसम्भार सेवा, विमानस्थलमा कार्गो व्यवस्थापन तथा ढुवानी सेवा, सरकारी छापाखाना तथा मुद्रण सेवा, हातहतियार, गोलाबारुद तथा सैन्य सामग्रीको उत्पादन र वितरण सेवा, दूरसञ्चार सेवा; सुरक्षा सम्बन्धी सेवा, खानेपानी आपूर्ति तथा वितरण सेवा, पर्यटन आवास सेवा (मोटेल, होटल तथा रिसोर्टसमेत), पेट्रोलियम भण्डारण, ढुवानी, व्यवस्थापन तथा वितरण सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन तथा एम्बुलेन्स सेवा, औषधी उत्पादन तथा वितरण सेवा, तथा सडक र पुल निर्माण तथा व्यवस्थापन सेवा रहेका छन्।

त्यस्तै बैंकिङ, बीमा तथा विद्युत् सेवा पनि हड्ताल निषेध गरिएको क्षेत्रभित्र पर्छन्। साथै खाद्यान्न (अन्न, दाल, चामल, नुन, खाने तेल) जस्ता अत्यावश्यक वस्तुहरूको आयात, ढुवानी, भण्डारण तथा वितरण सेवा पनि यसमा समावेश गरिएको छ।

यस्तै मौसम पूर्वानुमान तथा बाढी पूर्वानुमान सेवा, मास्क र ह्यान्ड स्यानिटाइजर सम्बन्धी सेवा, पशु चिकित्सा सेवा, राहदानी तथा कन्सुलर सेवा विभागबाट प्रदान गरिने सेवा, इन्टरनेट सेवा, हुलाक तथा दूरसञ्चार सेवा तथा पानी, स्थल र हवाई मार्गबाट हुने कार्गो ढुवानी सेवामा समेत हड्ताल निषेध गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ