सुनको मूल्य बढ्यो

Thankot Times

थानकोट ।

यस साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

अघिल्लो कारोबार दिन गत शुक्रबारको तुलनामा आज सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य २ लाख ९३ हजार २ सय रुपैयाँ कायम छ ।

गत शुक्रबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य ५५ रुपैयाँले बढेको छ ।

आज चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ