नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

Thankot Times

थानकोट ।

स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा १ हजार २ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य घटेको छ।

आज चाँदीको मूल्य प्रतितोलामा ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ