नेपाली बजारमा सुनको भाउ बढ्यो, चाँदीको घट्यो

Thankot Times

थानकोट ।

आज मंगलबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ ।

चाँदीको भाउ भने घटेको छ ।

सुन आज तोलामा ३ सयरुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको थियो ।

हप्ताको पहिलो कारोबार दिन अस्ति आइतबार पनि सुनको भाउ बढेको थियो ।

त्यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले घटेको हो ।

भाउ घटेर चाँदी आज तोलाको ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसअघि हिजो चाँदी तोलामा १ सय २० रुपैयाँले बढेर तोलाको ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो ।

अस्ति आइतबार चाँदी तोलाको ४ हजार ८ सय ९५ रुपैयाँ रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ