सुनचाँदीको मूल्य बढ्यो
थानकोट ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँ बढेको छ ।
छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ७ सय रुपैयाँ पुगेको छ ।
आइतबार दुई लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य तोलामा ४० रुपैयाँ बढेको छ ।
चाँदी प्रतितोला चार हजार ७ सय ३० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन चार हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।










