युएई पठाउने भनी ४५ लाख ठगी गर्ने मातातिर्थका युवा पक्राउ

Thankot Times

थानकोट ।

वैदेशिक रोजगारीका लागि युएई पठाउने भनी ४५ लाख रुपियाँ ठगी गर्ने मातातिर्थका एक जना युुवा पक्राउ परेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार चन्द्रागिरि नगरपालिका वडा नंं ८ का स्थायी बासिन्दा ती पुरुष पक्राउ परेका हुन् । 

यसैगरी, अजरबैजान पठाउने भनी ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय वाङ्दी लामा, कोसोभो पठाउने भनी दुई लाख ५० हजार रुपियाँ ठगी गर्ने ललितबहादुर तामाङ, स्पेन पठाउने भनी १५ लाख रुपियाँ ठगी गर्ने ३४ वर्षीय सन्तोषी लामा र क्यानडा पठाउने भनी २० लाख रुपियाँ ठगी गर्ने सरिब गिरी पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी लामो समयसम्म झुक्यानमा राखी उनीहरू सम्पर्कविहिन बनेका थिए ।

उनीहरूलाई पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *