बजारमा आज सुनको भाउ घट्यो

Thankot Times

थानकोट ।

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

हिजो मंगलबारको तुलनामा यसदिन सुनको भाउ तोलामा ६०० र चाँदी १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७७ हजार ३०० मा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला चार हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *