सुनको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा सुनको मूल्य तोलामा ७ हजार २ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन (शुक्रबार) तोलामा ७ हजार २ सय रुपैयाँ बढेर सुन प्रतितोला दुई लाख ९० हजार ७ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिन बिहीबार सुनको भाउ तोलाको दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य तोलामा १ सय ६५ रुपैयाँ बढेर चार हजार ६ सय १५ रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला चार हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *