नेपाली काँग्रेसले १५औँ महाधिवेशनलाई डिजिटल र कागजरहित बनाउने निर्णय

Thankot Times

थानकोट ।

नेपाली काँग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री, कागजरहित (पेपरलेस) र पूर्ण रूपमा डिजिटल प्रणालीमा आधारित बनाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय निर्वाचन समितिको बैठक सम्पन्न भई महाधिवेशनका सम्पूर्ण निर्वाचन प्रक्रियामा आधुनिक प्रविधिको अधिकतम प्रयोग गर्ने विषयमा सहमति जुटाइएको हो। बैठकले मतदाता व्यवस्थापनदेखि मतदान प्रक्रियासम्म डिजिटल प्रणाली अपनाउने र सम्भव भएसम्म विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोगलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको उक्त बैठकले महाधिवेशनलाई स्वच्छ, पारदर्शी र निष्पक्ष रूपमा सम्पन्न गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सुधारहरू अघि बढाउने निष्कर्षसमेत निकालेको छ।

समितिले प्रविधिको प्रयोगमार्फत निर्वाचन प्रक्रियालाई छरितो, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्य लिएको जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *