चन्द्रागिरि वडा नंं ७ को प्रशासकीय भवन निर्माणका लागि टेण्डर आह्वान

Thankot Times

थानकोट ।

लामो समयको प्रतिक्षाबीच चन्द्रागिरि नगरपालिका वडा नं. ७ महादेवस्थान किसिपिडीको कार्यालय भवन निर्माणको प्रकृया सुरु भएको छ ।

शुक्रबार एक सूचना जारी गर्दै चन्द्रागिरि नगरपालिकाले सो वडाको भवन बनाउन सार्वजनिक ठेक्का आह्वान गरेको हो । सो ठेक्का साउन १८ मा खोलिने उक्त सूचना उल्लेख छ ।

साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले चन्द्रागिरि नगरपालिका वडा नं. ५ र ७ को कार्यालय बनाउन सार्वजनिक जग्गा दिने निर्णय गरेको थियो ।

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको नाममा रहेको साबिक थानकोट महादेवस्थान गाविस वडा नं. ८ ख मा रहेको ३ रोपनी जग्गा चन्द्रागिरि नगरपालिका वडा नंं ७ को कार्यालय भवन बनाउन दिने निर्णय भएको थियो।

सोही अनुसार वडा भवन बन्न लागेको हो । चन्द्रागिरि वडा नंं ५ को भवन निर्माणको ठेक्का यस अघि नै माग भइसकेको छ ।

सूचना हेर्नुहोस्


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ