मंसिर १२ गते नेकपा उपत्यका प्रदेश भेलालाई प्रचण्ड-माधवले सम्बोधन गर्ने
थानकोट ।
नेपाली कम्युनिस्ट पार्टी उपत्यका प्रदेश समितिको आयोजनामा आउँदो मंसिर १२ गते बृहत् प्रशिक्षण भेला हुने भएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित भेलालाई नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल लगायतले विशेष सम्बोधन गर्नेछन् ।
पार्टीद्वारा सञ्चालित दुई महिने राष्ट्रिय जागरण अभियानअन्तर्गत उपत्यका प्रदेशका अगुवा कार्यकर्ताहरूलाई एकीकृत रूपमा प्रशिक्षित गर्न सो कार्यक्रम आयोजना गरिएको नेकपा सूचना तथा सञ्चार प्रविधि विभागका उपप्रमुख सुरेन्द्र बस्नेतले जानकारी दिए । भेलामा नेताहरूले समसामयिक राजनीतिक परिस्थिति, आसन्न निर्वाचन एवम् वाम आन्दोलनका सम्भावना र चुनौतीबारे प्रशिक्षित गर्ने बस्नेतले बताए ।
सो प्रशिक्षण भेलामा उपत्यका प्रदेशअन्तर्गतका सबै महाशाखा, शाखा, उपशाखा र पार्टी सदस्यले भाग लिने तय भएको उपत्यका प्रदेश संयोजक विष्णु लामिछानेले बताए । गत कात्तिक ७ गते उद्घाटन गरिएको राष्ट्रिय जागरण अभियानलाई आफ्नो कार्यक्षेत्रमा तीव्रताका साथ अघि बढाइएको सहसंयोजक जगत सिंखडाले बताए ।










