कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न, ५४ जनाको उद्धार
थानकोट ।
सरकारले काठमाडौँको विभिन्न स्थानबाट हटाएका सुकुमबासीलाई राखेको कीर्तिपुर होल्डिङ सेन्टर जलमग्न बनेको छ ।
लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा गएराति सो क्षेत्र जलमग्न भएको हो ।
जलमग्नपछि सुरक्षाकर्मीले ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।
संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित स्मृति भवनमा सुरक्षित रूपमा स्थानान्तरण गरिएको छ ।
केही आफन्तकोमा गएका छन् भने अरु सेन्टरकै आसपासमा रहेका छन् ।









